बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई ‘ख’वर्गको एम्बुलेन्स

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीको पाटन नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको छ । नगरपालिकाले पाटन प्राथमिक स्वास्थ्य केन्द्रका लागि ‘ख’वर्गको एम्बुलेन्स खरीद गरी हस्तान्तरण गरेको हो ।

नगरपालिकाको १९ लाख ९० हजार लागतमा ‘ख’ वर्गको एम्बुलेन्स खरीद गरी प्राथमिक स्वास्थ्य केन्द्रलाई सञ्चालनका लागि हस्तान्तरण गरीएको स्वास्थ्य शाखा प्रमुख मदनसिह महराले जानकारी दिनुभयो ।

नेपाल सरकारले ‘क’वर्ग र ‘ख’वर्ग एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको हो ।

गत आर्थिक बर्षमै एम्बुलेन्स खरीदका लागि बजेट विनियोजन भएको र खरीद प्रक्रियाका कारण यो बर्ष मात्रै एम्बुलेन्स भित्रिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?