मन्त्री बन्नेको नाम टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् ।

साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?