ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ । कलेजले ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । पाँचैजना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँहरू सन् २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनोट गराउन सफल खेलाडी हुनुहुन्छ ।

खेलाडीलाई कलेजका कार्यकारी निर्देशक लक्ष्मण पोखरेल, प्राचार्य प्राडा फत्तबहादुर केसीले संयुक्तरूपमा सम्मान प्रदान गर्नुभएको थियो । निर्देशक पोखरेलले राष्ट्रिय क्रिकेट खेलाडीलाई उच्च शिक्षा हासिल गर्न शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराएको बताउनुभयो । काठमाडौंको मैतिदेवीमा रहेको कलेजले सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?