काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको हो ।
तर, प्रधानमन्त्री प्रचण्डले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न नसक्ने ओलीको दाबी छ । सीमा अतिक्रमणका विषयमा बोल्दा सरकार ढल्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नेपाली भूमिमाथिको दाबेदारी प्रस्तुत नगर्ने अध्यक्ष ओलीले बताउनु भयो ।
प्रधानमन्त्री विदेश (भारत) भ्रमण जान लागेको बताउँदै अध्यक्ष ओलीले सो क्रममा नेपालको भूमिमाथिको दाबेदारी प्रस्तुत गर्न सुझाव दिनुभएको हो । साथै उहाँले भारतबाट अतिक्रमण भएको नेपाली भूमिबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका