देउवा-आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसक्ने भन्दै डा. स्वर्णिम वाग्लेद्वारा कांग्रेस छाडेको घोषणा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेको बताउनु भएको छ। वाग्लेले कांग्रेस नेताहरुलाई पत्र सन्देश मार्फत यसको जानकारी गराउनु भएको हो ।

वाग्लेले लेख्नुभएको छ, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गर्नुभएको छ ।

‘कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’ उहाँले लेख्नुभएको छ ।

कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपचुनावमा उठ्ने चर्चा छ ।

यस्तो छ वाग्लेको सन्देश

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?