एसईई परीक्षाका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । एसईई परीक्षालाई लिएर मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ ।

गत दुई आर्थिक वर्षमा कोरोना महामारीको संक्रमणका कारण प्रभावित भएको एसईई परीक्षालाई मर्यादित बनाउन लागि मधेस सरकारले तयारी पूरा गरेको जनाएको हो ।

चैत १७ गतेदेखि देशभर एसईई परीक्षा शुरु हुँदैछ ।

मधेस प्रदेशका शिक्षा निर्देशनालयका निर्देशक चुणामणि फुयालले मधेसमा यस पटकको एसईई परीक्षामा कुल २ सय ७९ परीक्षा केन्द्रमा ७९ हजार ९४ परिक्षार्थीहरु सहभागी हुने बताउनु भयो । उहाँका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी धनुषाबाट ४३ परीक्षा केन्द्रमा १२ हजार १ सय ४६ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम रौतहटमा ३५ परीक्षा केन्द्रमा ८ हजार ९ सय ५७ परीक्षार्थीले परीक्षा दिनेछन् । त्यस्तै सप्तरीमा ३६ परीक्षा केन्द्रमा ९ हजार ५ सय २७, सिरहामा ४० परीक्षा केन्द्रमा १० हजार १ सय ५०, महोत्तरीमा ३१ परीक्षा केन्द्रमा ९ हजार ५४, सर्लाहीमा १० हजार ९ सय १६, बारामा ३२ परीक्षा केन्द्रमा ९ हजार १ सय ७९ र पर्सामा २५ परीक्षा केन्द्रमा ९ हजार १ सय ६५ परीक्षार्थी सहभागी हुनेछन् । मधेस प्रदेशमा परीक्षालाई मर्यादित बनाउनका लागि ७ हजार ५ सय ७९ जनशक्ति खटाइनेछ । परीक्षा केन्द्रहरुमा सुरक्षाकर्मी समेत परिचालन गरिने मधेस प्रदेश सरकारले जनाएको छ ।

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेसमा एसईई परीक्षालाई मर्यादित, भयरहीत र अनुशासित बनाउनका लागि मधेस सरकारले हरसम्भव प्रयास गर्ने बताउनु भयो । उहाँले प्रदेशका ८ वटै जिल्लाका शिक्षा समन्वय ईकाईका प्रमुखहरु, ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका पदाधिकारीहरुसँग समन्वय तथा छलफल गरिएको र सबै प्रतिनिधिहरुले परीक्षामा कडाइ गर्नुपर्ने माग गरेको बताउनु भयो ।

मधेसमा यसअघि नक्कल गरेर (चिट चोरेर) परीक्षा उत्तिर्ण गर्ने परिपाटी बढ्दै गएको आरोप लागेपछि मधेस प्रदेशले यस पटकको एसईई परीक्षामा चिट चोर्ने परिपाटीको अन्त्य गर्ने र परीक्षाको बेला सरकारी विद्यालय खोज्ने निजी विद्यालयको कदम अन्त्य गर्ने मन्त्री यादवले बताउन भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?