महासंघ स्थापना दिवसका दिन डडेल्धुराका पत्रकार आन्दोलित

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका दिन डडेल्धुराका पत्रकारहरु आन्दोलित भएका छन् ।

मंसिर २९ गते सम्पन्न १५ औं साधारण सभामा प्रस्तुत गरिएको सांगठनिक, आर्थिक तथा प्रतिबेदन तथा भवन निर्माण आयव्यय अस्पष्ट र आर्थिक अनियमितता भएको विषयमा चार महिना बितिसक्दा पनि सार्बजनिक नगरिएको भन्दै ज्ञापनपत्र सहित तिन दिनको अल्टिमेटम बुझाएका हुन् ।

ज्ञापनपत्रमा भवन निर्माण खर्च पारदर्शि हुनु पर्ने, कोरोना महामारकिा बेला अस्थायी निर्माण भएको आईसुलेसन र राहत कार्यक्रमका लागि प्राप्त आर्थिक सहयोग, जिन्सि सामानको हिसाब तथा उपचार र राहतको अभिलेख स्पष्ट नभएकोले आर्थिक हिनामिना र गत वर्ष निर्माण भएको भवनमा मापदण्ड बिपरित काम कम भएको तर खर्च पुरा भएको भन्दै चालु आर्थिक वर्षमा विनियोजित र।कम रु. ३० लाख कार्यान्वयनका लागि सम्बन्धित निकायमा पनि उजुरी दिदै महासंघलाई स्पष्ट पार्न गम्भीर ध्यानाकर्षण सहित अनुरोध गरेका हुन् ।

प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझा र स्वतन्त्र पत्रकार टेकराज अवस्थीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संस्थागत अपारदर्शिता, गैरजिम्मेवारीपन र बिकृति प्रति डडेल्धुराका क्रियासिल पत्रकार चिन्तित रहेको उल्लेख गरिएको छ ।

महासंघका जिल्ला अध्यक्ष र सचिव जिल्ला बाहिर रहेकोले उपाध्यक्ष गणेश रोकालाई बुझाईएको पत्रमा ज्ञापनपत्रमाच उल्लेखित माग सुनुवाईका लागि आग्रह गर्दै महासंघ र क्रियासिल पत्रकारिता पेशा प्रतिको आम जनताको विश्वसनियता कायम राख्न पारदर्शि हिसाबकिताब, आग्रह पूर्वाग्रह रहितको कार्यशैली र व्यवहार गर्न जिल्ला नेतृत्व लगायतका पदाधिकारीहरुलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

आन्दोलनलाई जिल्लामा क्रियासिल पत्रकार संगठनहरु नेपाल प्रेस युनियन, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार संगठन, प्रेस सेन्टर लगायतका बिभिन्न संगठनहरुले पनि उपस्थिति सहित ऐक्यबद्धता जनाएका छन । मागहरुको सुनुवाई तिन दिन भित्र नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?