परासीमा नेपाल पत्रकार महासंघको प्रभातफेरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । नेपाल पत्रकार महासंघले आफ्नो ६८ औं स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा बिहिबार प्रभातफेरी गरेको छ ।

पत्रकार महासंघ नवलपरासी शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरी परासीका विभिन्न स्थान परिक्रमा गरेर बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पेशागत चुनौतीलाई एक जुट भएर सामना गर्ने, व्यवसायिक र मर्यादीत पत्रकारितालाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।  पत्रकारिता भित्र उठेका प्रश्नलाई पनि स्वीकार्दै विश्वसनीय पत्रकारिता अभिवृद्धि गर्नेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघले स्थापना दिवसको अवसरमा आयोजना गर्दै आएको प्रभातफेरी पहिलो पटक उपत्यका बाहिर गरेको हो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?