लुम्बिनीमा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आगामी चैत २३ गते भगवान् गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोटर््स फर डेभलपमेन्ट एण्ड पिस’ कार्यक्रम गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्बीच आपसी सहकार्यमा पिस म्याराथनसहित विभिन्न कार्यक्रम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव जयप्रकाश भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा खेलकुद आयोजना गरी लुम्बिनीको प्रचारप्रचारमा सहयोग गर्ने उल्लेख छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्ट्स’ मनाउने निर्णय गरेको थियो । पूर्वपर्यटनमन्त्रीसमेत रहनुभएका श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्ट्स फर डेभलपमेन्ट एण्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवद्र्धनमा समेत सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको बताउनुहुँदै उहाँले समकालीन विश्वमा खेलकुद जित र हारको विषयमात्र नभएको बताउनुभयो । कार्यक्रममा ओलम्पिक कमिटीका पदाधिकारीसहित यससँग आबद्ध विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?