जुम्ला-रारा अल्ट्रा म्याराथन वैशाखमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

जुम्ला । जुम्लाको सदरमुकाम खलंगाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्ला अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । अध्यक्ष शाहीले भन्नुभयो, ‘विगतका तीनवटा संस्करणको सफलतापछि आगामी वैशाख महिनाको ११ गते क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेकोे छ ।’

धाबक रोकायाको सम्मानमा उक्त प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको उहाँको भनाइ थियो । बितेका वर्षका तयारीअनुसार अब गरिने प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन विभिन्न चार ठाउँमा चेक पोइन्ट उपसमिति तथा दौड हुने मार्गका बजार तथा गाउँमा खेलाडीहरूको स्वागत तथा सत्कारको तयारीको काम भइरहेको छ ।

कर्णालीको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको आँगनबाट सुरु भई रारा तालको हुटुछेउमा अन्त्य हुने उक्त प्रतियोगिताको दूरी ४९ किलोमिटर छ । विगतका तीनवटा प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा स्वदेश तथा विदेशका खेलाडी सहभागी रहेकामा यस वर्ष झण्डै दुई हजार खेलाडीको सहभागिता हुने अनुमान गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

गत वर्षको प्रतियोगितामा नेपालका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकाबाट समेत खेलाडी सहभागी भएका थिए । आउँदो प्रतियोगिताका विभिन्न विधामा २८ धाबकलाई नगद, पदक तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । उक्त म्याराथनका विजेता महिला पुरुष दुवैलाई जनही एक लाख, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार, सान्त्वना हुनेलाई २० हजार र पाँचौँ स्थानमा आउनेलाई २० हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

त्यस्तै, विद्यार्थीहरूबीच पाँच किलोमिटर दूरीको छोटो दौड प्रतियोगिता पनि हुनेछ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुनेलाई दुई हजारसहित प्रमाणपत्र र पदक प्रदान गरिने भएको छ ।

यसैगरीे कर्मचारी तथा व्यापारी र उद्योगीबीच पाँच किलोमिटर दूरीको र बालबालिकाको एक किलोमिटर दूरीको दौड प्रतियोगिता पनि हुनेछ । ती प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताका लागि झण्डै २२ लाख खर्च लाग्ने अनुमान गरिएको कर्णाली खेलकुद क्लबले जनाएको छ । यो प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको धाबक हरिबहादुर रोकायाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…