‘हाँस्दा तिमी’ भन्दै रवीन्द्र

Read Time = 1 min

काठमाडौं । सहिमा श्रेष्ठको स्वरमा रहेको गीत ‘हाँस्दा तिमी’ सार्वजनिक भएको छ । रवीन्द्र आशिष शैलीको शब्द, विनोद पछाईको संगीत र राहुल प्रधानको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युबमार्फत् सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैलीले यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो ।

शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्बम श्रोता/दर्शकमाझ आएका छन् भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?