अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष विश्वकर्मा सम्मानित

Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्ष साहित्यकार पदम विश्वकर्मालाई सम्मान गरिएको छ । अनेसासको बोर्ड अफ ट्रस्टीमा निर्वाचित हुनुभएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले बधाई तथा शुभकामना प्रदान गर्दै उहाँलाई सम्मान अर्पण गरेका हुन् ।

काठमाडौंमा आयोजित साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा विश्वकर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साहित्यिक पत्रकार संघबाहेक बधाई ज्ञापन तथा सम्मान गर्ने अन्य संस्थाहरूमा नेपाल स्रष्टा समाज, नेपाल मुक्तक प्रतिष्ठान, वासु शशी स्मृति परिषद्, नियात्रा समाज नेपाल, सखी प्रतिष्ठान, उपन्यास समाज नेपाल, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष र घुम्ती मुक्तक नेपाल रहेका छन् ।

वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा आयोजित सो समारोहमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले स्वागत मन्तव्य राख्नुभएको थियो भने नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले कार्यक्रमको उद्देश्य र महŒवमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुष्कर लोहनी, अध्यक्ष राधेश्याम लेकाली र सम्मानित साहित्यकार पदम विश्वकर्माले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशी, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका संरक्षक डा. दामोदर पुडासैनी, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, साहित्यकारहरू प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की, किशोर पहाडी, विमल भौकाजी, देविका तिमिल्सिना, सुमन वर्षा, सन्ध्या पहाडी, मीरा गोतामे र गायिका रितु कँडेललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…