सामसुङ ग्यालेक्सी ए ३४ र ए ५४

Read Time = 2 mins

काठमाडौं । सामसुङले नयाँ ग्यालेक्सी ए ३४ फाइजी र ग्यालेक्सी ए ५४ फाइभजी नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ए ५४ फाइभजी र ग्यालेक्सी ए ३४ फाइभजीलाई धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताले ग्राहकका लागि पहिलो रोजाई बनाइदिएको कम्पनीको दाबी छ ।

कम प्रकाशमा पनि तीक्ष्ण फोटो र भिडियो खिच्न सकिने विशेषताका साथै वर्षौं वर्षसम्म आइपी ६७ रेटिङ र गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडको चार पुस्ता र पाँचवर्षे सुरक्षा अद्यावधिकसाथ टिकिरहन सक्ने कम्पनीका नेपाल निर्देशक प्रणयरत्न स्थापितले बताउनुभएको छ ।

कम्पनीका अनुसार यी मोबाइल ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन् भने धुलो र बालुवा प्रतिरोधक पनि छन्् । ग्यालेक्सी ए ५४ फाइभजी ५० एमपी ओआइएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए ३४ मा ४८ एमपी ओआइएस प्राइमरी लेन्स र आठ एमपीको अल्ट्रा वाइड लेन्स रहेको छ ।

दुवै मोडलमा पाँच एमपीको माइक्रो लेन्स पनि जडान गरिएको छ । ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ मा पाँच वर्षको सुरक्षा अद्यावधिक र चार वर्षको ओएस स्तरोन्नति ग्यारेन्टी रहेको छ । ग्यालेक्सी ए ५४ को मूल्य ५६ हजार नौ सय ९९ देखि ५९ हजार नौ सय ९९ रुपैयाँसम्म रहेको छ भने ए ३४ को मूल्य ४५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?