विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टिम विराटनगर सिटीले जितेको छ ।

विराटनगरको सहिद मैदानमा रात्रीकालिन गोल्डकपमा आज साँझ भएको फाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै विराटनगर सिटीले उपाधि हात पारेको हो ।

यो जितसँगै विराटनगर सिटीले ६१ वर्षपछि उपाधि उचालेको हो । २०१८ सालको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो ।

२०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो । विराटनगर सिटीको जितमा अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरे ।

विराटनगरले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?