भिक्षु जीवनमा आधारित ओम शंकर श्रेष्ठको उपन्यास ‘सम्बन्ध’ विमोचित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जीवनबाट निराश भएर भिक्षु जीवन अँगाल्ने, फेरि भिक्षुत्व त्याग्ने र फेरि पनि निराशा सहित भिक्षुत्व ग्रहण गर्ने विषयवस्तुमा आधारित ओम शंकर श्रेष्ठद्वारा लिखित सामाजिक उपन्यास ‘सम्बन्ध’ विमोचित भएको छ ।

बिहीबार काठमाडौंको रेडक्रस मार्गस्थित सोभिनियर्स ग्यालरी क्याफेमा आयोजित एक कार्यक्रममा ‘मह जोडी’ मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट संयुक्त रुपमा उपन्यासको विमोचन गरिएको हो । शिक्षक, साहित्यकार, पत्रकार, कलाकार र गीतकारसमेत रहनुभएका श्रेष्ठको ३०४ पृष्ठ रहेको उपन्यास रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपन्यासबारे अर्का पत्रकार कुमार रञ्जितले टिप्पणी गर्नुभएको थियो । यसअघि ‘यथार्थ’ कथा संग्रह प्रकाशित गरिसक्नुभएका श्रेष्ठको थुप्रै साहित्यिक रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?