यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।

यसअघि लगातार तीनदिनदेखि घटेको अमेरिकी डलरको भाउ बिहीबार भने २४ पैसाले बढेको थियो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ । यसअघि बिहीबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो भने उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७० पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३८ पैसाले बढेको हो । बुधबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो । सोहि दिन ७० पैसाले युरोको भाउ बढेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर शुक्रबार १६२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६३ रुपैयाँ १२ पैसा तोकिएको छ । यो मूल्य बिहीबारको तुलनामा १६ पैसाले बढेको हो । बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ दुइ पैसा र बिक्रीदर ३५ रुपैयाँ १८ पैसा तोकिएको छ ।

यसैगरी शुक्रबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पाइन्छ भने शुक्रबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५० रुपैयाँ २० पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?