मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ‌ं । सुर्खेत र गोरखामा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका-७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन् ।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का  २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोरखाको भिमसेनथापा गाउँपालिका-१ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका-२ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।  घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?