मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश ३-०२-०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

जगातीबाट साँगा तर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल महत आफैंले चलाएका थिए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?