अब एमालेले भीम रावलका गतल गतिबिधि हेरेर बस्दैन: उपाध्यक्ष  पौडेल

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गर्नु भएको छ । धनगढीमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्नु हुँदै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताउनुभएकाे हाे ।

भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाले एउटा पार्टी सदस्यको भूमिका निर्वाह नगरेको बताउनु भयो । उहाँले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताउनु भयो ।

रावलले पार्टीको निर्णय नमानेको, अनुशासन उल्लङ्घन गरेको उहाँले आरोप लगाउनु भयो । पार्टी निर्णयका विरुद्ध पार्टीको खिलाफमा बोल्ने गरेको बताउदै उहाँले पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेको बताउनु भयो । रावलले एकपछि अर्को गल्ती गर्दै हिडेको बताउँदै उहाँले यसरी हिड्दै गए पाटी सोच्न बाध्य हुने बताउनु भयो ।

यस्तै पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताउदै अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताउनु भयो । एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने र देशलाई गतिशिल बनाउन नसक्ने बताउदै उहाँले सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व नदीने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?