बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ बर्षीय जीवन बुडालको हत्या आरोप लागेका ४ जनालाई जिल्ला कारागार बैतडीले पुर्वपक्षका लागि कारागार चलान गरेको छ ।
बिहीबार तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको हो । त्यसैगरी तीन जनालाई सामान्य तारिखमा छोडिएको छ ।
दशरथचन्द नगरपालिका १० कै गजेन्द्र सिंह रावल, अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र नारायण सिंह ऐरीलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
यसैगरी पुष्पराज भट्ट, टेक सिंह खत्री र जितेन्द्र सिंह ऐरीलाई जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । श्यामु सिंह ऐरी र नविन सिंह ठगुन्ना जनही ५० हजार धरौटीमा छुटेका छन् । केशव सिंह रावल, मोहन सिंह ठगुन्ना र भुवन राम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
दशथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल फागुन १३ गते मृत फेला परेका थिए । साथीहरुसँगै बनभोज मनाउन गएका बुडाल मृत फेला परेपछि आफन्तहरुले घटनाको यथासीघ्र छानबिन हुनुपर्ने माग राख्दै संघर्ष समेत गरेका थिए । त्यसपछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका