एसइईको प्रश्नपत्र आउट गर्ने बाराका एक विधार्थीको परीक्षा रद्द, केन्द्राध्यक्षसहित पाँच जनाको जिम्मेवारी खोसियाे

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारामा एसइईको प्रश्न पत्र बाहिर (आउट) ल्याउने एक जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।

बाराको आदर्शकोतवाल गाउँपालिका स्थित श्रीरामचरित्र माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेका पवन साहको अंग्रेजी विषयको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

परीक्षा मर्यादित तरीकाले संचालन गर्न नसकेको ठहर गर्दै सो परिक्षा केन्द्रका केन्द्राध्यक्ष सहित पाँच जनालाई जिम्मेवारीबाट हटाइएको उहाँले बताउनुभयो ।

केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्ष पदमराज चौधरी र विजय चौधरी, निरीक्षकद्वय कुन्दन कुशवाहा र श्यामकिशोर गुप्तालाई पनि जिम्मेवारीबाट हटाएर उनीहरुको स्थानमा नयाँ शिक्षकलाई परिक्षा संचालनको जिम्मेवारी दिइएको प्रजिअ सापकोटाले बताउनुभयो ।
शुक्रवार पहिलो दिनको अंग्रेजी विषयको परिक्षा शुरु भएको केही समय मै परिक्षार्थीले मोबाइल मार्फत प्रश्नपत्र बाहिर ल्याएका थिए । प्रश्न पत्र बाहिर ल्याएको आरोपमा पक्राउ परेका एक जना विधार्थीलाई अनुसन्धान पछि रिहा गरिएको प्रजिअ सापकोटाले बताउनुभयो ।

श्री रामचरित्र माध्यमिक विद्यालयमा कचोर्वा, सिम्रौनगढ र पटेर्वाका गरी तीनवटा स्कूलको परिक्षा केन्द्र रहेको जनाइएको छ । तीनवटै स्कूलका ३ सय ५८ जना विधार्थीहरु यो केन्द्रमा परिक्षा दिइरहेकोमा शुक्रवार ९ जना अनुपस्थित रहेको केन्द्राध्यक्ष दिनेश प्रसाद साहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?