जनतासँगको वाचा पूरा गर्न नसक्दा सरकारमा टासिँरहनुको औचित्य हुँदैन : अध्यक्ष राउत

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले जनतासँगकाे वाचा पूरा गर्न नसक्दा सरकारमा टासिरहनुको औचित्य नहुने बताउनु भएको छ ।

आफ्नो पार्टीका मन्त्री अब्दुल खानले पदबाट राजीनामा बुझाएपछि अध्यक्षले राउतले यस्तो बताउनु भएको हो ।

अब्दुल खानलाई बधाई दिँदै अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जनतासँग गरेको वाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने टाँसिरह्नुको औचित्य हुँदैन।'

साथै अध्यक्ष राउतले अब्दुल खानले राजीनामा दिएर जनमति पार्टी कुनै मन्त्री पदको भोको नभएको सावित गर्नुभएको समेत बताउनु भएको छ ।

— Dr. CK Raut (@drckraut) March 31, 2023

सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि मन्त्री खानले आजै पदबाट राजीनामा दिनुभएको थियो । जनमत पार्टीबाट खानेपानी मन्त्री रहनु भएका खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु राजीनामा बुझाउनु भएको थियो ।

जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि खानले राजीनामा दिनुभएको हो ।

साथै जनमतले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने माग राखेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?