बाजुराको कोल्टीमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–१ कोल्टी तल्लो बजारमा बोलेर जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा सात जना घाइते भएका छन् ।

बुढीनन्दा नगरपालिकाको कोल्टी तल्लो बजारदेखि हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको बालेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते हुँनेहरुमा हिमाली गाउँपालिका वडा नम्बर–३ का १६ वर्षीय कार्चेन गुरुङ्ग, वडा नम्बर ३ कै ११ वर्षीय पासाङ गुरुङ्ग, ६७ वर्षीय दावा सान्पाङ्ग, हिमाली गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय योग्यराज उपाध्याय, मुगुको खत्याड गाउँपालिका–११ का ७० बर्षीया रानदेवि शाही, उनकै २६ वर्षीय छोरा, परु शाही, र गाडी चालक हेमराज तिमिल्सिना रहेका छन् ।

घाइते सबैको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डाक्टर रञ्जीत श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार घाइतेको अबस्था सामान्य रहेको र उपचार पछि सन्चो हुँने जाकारी दिनुभयो ।

नौ जना सवार रहेको उक्त जीप कोल्टी देखि धुलाचौर जाँदै गर्दा ब्रेक फेल भएर शुक्रबार दिउँसो ४ बजे दुर्घटना भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?