अमेरिकी सरकारको आदेश- सरकारी कर्मचारीलाई कार्यालयमा टिकटक चलाउन रोक

सांकेतिक तस्बिर : सामाजिक संजालबाट

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन। अमेरिकी सरकारले एक महिनाभित्र सरकारी कर्मचारीहरूलाई आफ्नो फोनबाट टिकटक हटाउन आदेश दिएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सबै सरकारी निकायहरूलाई कर्मचारीको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन आदेश दिएको हो ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको एप टिकटक हटाउन सरकारी कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएको हो ।

यसअघि युरोपियन युनियन र क्यानडामा त्यहाँका सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?