विद्यार्थीको दुर्घटना बीमा, २० जनाले पाए दावी बापतको भुक्तानी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाको तानसेनमा निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोडिङ्ग स्कूलले विद्यार्थीहरुको दुर्घटना बीमा गरिदिएको छ । स्कूलले २०७५ सालदेखि दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गर्न विद्यार्थीहरुको दुर्घटना बीमा गरिदिदै आएको छ ।

अहिलेसम्म यहाँका २० जना विद्यार्थीहरुले बीमा दावी बापतको भुक्तानी पाइसकेका छन् । हाल स्कूलमा अध्ययनरत ३ सय जना विद्यार्थीहरुको दुर्घटना बिमा गरिएको छ । नेको इन्सुरेन्स लिमिटेडसँग स्कूूलले बीमा सम्झौता गरेको छ ।

दुर्घटनामा परी घाइते भएका २० जना विद्यार्थीले दुर्घटना बीमा बापतको रकम पाइसकेको स्कूलका प्रिन्सिपल गंगाबहादुर खत्रीे बताउनुुभयो । विद्यार्थीहरुको उपचारमा लागेको खर्चबापत कागजी प्रक्रिया पुरा गरी दावी रकम भुक्तानी उपलब्ध गराउदै आइएको उहाँले बताउनुुभयो ।

दुर्घटनामा परी घाइते भएका विद्यार्थीले अवस्था हेरी १० हजार र दुर्घटनामा परी मृत्युु भएको अवस्थामा एक लाखसम्म बीमा दावी भुुक्तानी पाउने छन् । विद्यालय क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा विद्यार्थीहरु दुर्घटना हुन सक्ने पक्षलाई ध्यानमा राखी सम्पूर्ण विद्यार्थीहरुको बीमा गरिदिएको प्रिसिन्सपल खत्रीले बताउनुुभयो । बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाको अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पु¥याएको छ । दुर्घटना पछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमाले महत्वपूर्ण टेवा पुगेको अभिभावकहरु बताउँछन् ।

आर्थिक अभावमा सामान्य दुर्घटनाका कारण बालबालिकालाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ दुर्घटना बीमा गरिदिएको स्कूल व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले बताउनुुभयो । स्कूल व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५६ सालमा स्थापना भएको थियो । उसले अहिले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउदै आएको छ । दुई दशक लामो यात्रामा प्यारागनले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका पुरस्कारहरु समेत हात पारेको छ । प्रयोगात्मक शिक्षालाई अंगाल्दै अगाडि बढेको स्कूलले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विभिन्न खेलकूदमा विद्यार्थीहरुलाई सहभागी बनाएको छ । यहाँका विद्यार्थीहरुले राष्ट्रियस्तरका खेलकुदहरुमा विभिन्न पदकहरु पाउन सफल भएका छन् । एसईईमा समेत जिल्लामै उत्कृष्ट नतिजा दिन स्कूल सफल भएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?