मतदाता नामावली अद्यावधिकका विषयमा छलफल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले जिल्लामा मतदाता नामावली अद्यावधिक कार्य सुरु गर्ने भएको छ । कार्यालयले बुधवार जिल्ला प्रशासन कार्यालयमा अन्तर्क्रिया गर्दै मतदाता नामावलीमा दावी बिरोध सहितको कार्यक्रम संचालन गर्ने जानकारी गराएको हो ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षता भएको कार्यक्रममा जिल्ला तहमा गरिने कार्यक्रमका बिषयमा जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । निर्वाचन अधिकारी भुसालले कार्यतालिका अनुसार आगामी २२ गतेबाट कार्यक्रमको सुचना तथा नामावली प्रकाशन गरिने छ । दावी बिरोध सहितका कार्यक्रम पश्चात फागुन ३० गते जिल्लामा अद्यावधिक भएको डाटा निर्वाचन आयोगमा पठाउने गरी कार्यक्रम संचालन हुने बताउनुभयो ।

निर्वाचन अधिकारी भुसालले भन्नुभयो, “फागुन २२ गते जिल्लाका ८१ वटै वडाहरुमा र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली प्रकाशन गरिने छ सोही नामावली अनुसार कुनै त्रुटी देखिएमा दावी बिरोध सहित गल्ती भएको बिवरण सच्याउन सकिने छ ।” यो कार्य मतदाताले फागुन २६ गतेसम्म गरि सक्नु पर्ने छ । मतदाता नामावली अद्यावधिकका बिषयमा स्थानीय संचार माध्यम मार्फत प्रचार प्रसार समेत हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले निर्वाचन कार्यतालिका अनुसारका कार्यक्रममा सवैको सहभागिता हुनु पर्ने बताउनुभयो । अन्तरक्रियामा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधी, कार्यालय प्रमुख लगायतको सहभागिता रहेको थियो । भोजपुरमा संघीय तथा प्रदेश निर्वाचनसम्म एक लाख २३ हजार छ सय ५९ जना मतदाता रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?