भोलि हुने म्याचमा सहभागी हुनेगरि यूएई उडे सन्दीप

Read Time = 1 min

काठमाडौं । सन्दीप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । उनीसँगै नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान भएका छन् ।

नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् । टीममा रहेका अर्का स्पिनर मौसम ढकाल घाइते भएपछि क्यानले उनको स्थानमा सन्दीपलाई प्रतिस्थापन गरेको हो ।

सन्दीपलाई टिममा समावेश गर्न आइसीसीले अनुमति दिइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?