पिस प्वाइन्ट च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौँ पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ वनस्थलीलाई ५-१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विशेष थिङ र राहुल लामाले २-२ तथा सम्राट बस्नेतले १ गोल गर्नुभयो । उपाधिसँगै पिस प्वाइन्टले ४० हजार नगद पुरस्कार हात पा¥यो भने सिद्धार्थ वनस्थलीले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

छहारीले नेपाल तारालाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै तेस्रो भयो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो । छहारीका राजेश तामाङ ‘म्यान अफ द म्याच’ बन्नुभयो । छहारीले १० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगिताभर ९ गोल गरेको नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बन्नुभयो । सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्टत्रय पिस प्वाइन्टका हुनुहुन्छ ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । फागुन १० गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?