धनगढी उपमहानगरपालिकाले जित्यो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

धनगढी । १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको हो ।

कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरूका झण्डै एक हजार बढी खेलाडीहरूको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका पहिलो भएको छ । धनगढीले १६ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित २६ पदक जितेको छ । घोडाघोडी नगरपालिका दोस्रो भएको छ । घोडाघोडीले १६ स्वर्ण चार रजत र ११ कास्य पदकसहित ३१ पदक जितेको छ । प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो । गोदावरीले आठ स्वर्ण, आठ रजत र १० कास्यसहित २६ पदक जित्यो ।

प्रतियोगितामा सहभागी टीकापुर नगरपालिकाले पाँच स्वर्ण, सात रजत, ६ कास्यसहित १८ पदक जित्दा लम्की चुहा नगरपालिकाले दुई स्वर्ण, चार रजत र सात कास्य जितेको छ । जानकी गाउँपालिकाले एक स्वर्ण, चार रजत र सात कास्यसहित १२ पदक जितेको छ । प्रतियोगितामा सहभागी गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न सकेनन् । भजनी र जोशीपुरकले रजत पदक पनि जित्न नसकेको कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?