सोमालियाका ५० लाख नागरिक खाद्य संकटमा

हिमालय टाइम्स
Read Time = 2 mins

संयुक्त राष्ट्रसंघ । राजनीतिक तथा आर्थिक संकटमा फसेको सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य संकटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसंघका विज्ञहरूले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए ।

यहाँ खाद्य संकटमा परेका मध्ये कम्तीमा एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्नसम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताउनुभएको छ ।

उहाँका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये करिब पाँच लाख जनाको अवस्था नाजुक रहेको छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?