कहाँ हरायो माइराम पोखरी ? खोज्दैछ वीरगञ्ज महानगरपालिका

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

-प्रणय साह

वीरगञ्ज । कुनै बेलामा माइराम पोखरीमा पानी थियो, चार बिघाभन्दा ठूलो थियो। कमलका फुल नफुले पनि जलकुम्भी फुल्थे। तर अचानक बीच सहरबाट त्यत्रो ठूलो पोखरी हरायो ? कहाँ गयो माइराम पोखरी ? त्यही खोज्दैछ वीरगञ्ज महानगरपालिका।

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ। वीरगञ्जको यो काम पहिलोपटक थिएन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिलाई पत्र काट्यो।

२०२२ सालको नापीमा पोखरी चार बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ। उक्त क्षेत्रको जग्गा अतिक्रमण गरेर अवैध संरचना बनाउन थालेपछि ‘माइराम पोखरी’ १८ कट्ठामा मात्रै सीमित बनेको छ। पोखरीबाट बचेको जग्गामा अहिले ‘चिल्ड्रेन पार्क’ बनाइएको छ।

वीरगञ्ज महानगर त्यहीँ बिन्दुमा रोकिएन, नगर प्रहरी र नक्सा शाखाका कर्मचारीसहितको टोलीले घरमै पुगेर निस्सा पेश गर्न जानकारी दियो। तर, अवैध संरचनामाथि रजगज गर्दै आएकाहरूले महानगरको पत्र, सुझावलाई वेवास्ता गरेपछि पुनः संरचनामाथि डोजर चलाएको हो।

वीरगञ्ज महानगरपालिका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले भन्नुभयो, ‘पोखरीको जमिन अतिक्रमण गरेर संरचना बनेका थिए। हामीले निस्सा पेश गर्न आग्रह गर्यौँ। एकदमै कमले मात्रै निस्सा बुझाए। निस्सा नबुझाएकाहरूको संरचना भत्काएका हौँ। अब यसलाई निरन्तरता दिन्छौँ।’

उहाँका अनुसार, चिल्ड्रेन पार्कको पूर्वतर्फ अवैध रुपमा बनाइएका ७ संरचना भत्काइएको छ। एडभान्स अस्पताल, शान्ति पोलिक्लिनिकसहित अन्य अवैध संरचनामाथि डोजर लागेको हो। पोखरीको जमिन अतिक्रमण गरेर विभिन्न संरचना भत्काइने वीरगञ्ज महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका मेयर राजेशमान सिंह झण्डै ४ बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा खुम्चिएर १५ कट्ठामा सीमित भएको भन्दै अब पोखरीको सबै जग्गा फिर्ता ल्याउन पहल थालिएको बताउनुभयो।

पहिलो चरणमा माइरामबाट सुरु गरिएको र यसपछि नगर भरि नै अतिक्रमित भूमि फिर्ता ल्याउने अभियान सुरु हुने पनि उहाँले बताउनुमहानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको थियो। तर, अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि पोखरी खुम्चिएर १५ कट्ठामा मात्रै समेटिन पुगेको छ।

पूर्व मेयर विजय सरावगीले स्थानीय व्यवसायीसँगको मिलेमतोमा १५ कट्ठामा मात्रै चिल्ड्रेन पार्क बनाएर अतिक्रमणलाई अधिकारिकता दिने काम गरेको यहाँका स्थानीयले आरोप लगाउने गरेका छन्।

मेयरमा निर्वाचित भएसँगै सिंहले पोखरीको जग्गा फिर्ता गराउने प्रतिबद्धता गर्नुभएको थियो। सोही अनुरूप अहिले धमाधम पोखरीले चर्चेको जग्गाको नक्सा निकालेर त्यसमा अतिक्रमण गरेका संरचनाको निस्सा माग्ने काम भएको हो।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?