आँबुखैरहनी-दमौली सडकखण्ड आजबाट दैनिक चार घण्टा बन्द हुने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरहनी–दमौली सडकखण्ड आजदेखि राति दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन-पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार विमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने भएको हो ।

आयोजनाले सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरेको छ ।

सो खण्डमा डाइभर्सन बनाउने ठाउँ नभएको र भित्ता काट्नुपर्ने काम भएकाले रातिमा राजमार्ग नै बन्द गरेर सडक विस्तारको कामलाई गति दिन लागिएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?