फिल्को मिशन साप्ताहिक पत्रिकाको विमोचन

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 6 mins

हुम्ला । हुम्लाबाट प्रकाशित फिल्को मिशन साप्ताहिक पत्रिकाको एक समारोहकाबिच विमोचन गरिएको छ । बुधबार हुम्लामा आयोजित एक कार्यक्रमका बिच सिमकोट गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र हुम्ला जिल्लाका इन्चार्ज विजय भण्डारी (प्रतिरोध)ले फिल्को मिशन साप्ताहिक पत्रिकाको विमोचन गर्नुभएको हो ।

उद्घाटन शत्रमा सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले भन्नुभयो, “अहिलेको युगमा टिकटक, फेसबुक, टुइटरलगायतका सामाजिक सञ्जालले मान्छेहरुलाई प्रेरित गरिरहेको समयमा फिल्को मिशन पत्रिकाले बौद्धिकता तिर लैजाने काम गर्ने छ ।” उहाँले भन्नुभयो, 'मुलरुपमा यो पत्रिकाले समाजमा भएका महत्वपुर्ण कुरा, सुन सिरानी राखेर नुनको खोजीमा ध्याउनु पर्ने हुम्लाको बाध्यतालाई उजागर गर्ने छ ।' उहाँले सूचना प्रबिधिको विकाससँगै सूचनाहरु अनलाइन र सामाजिक सञ्जालबाट प्रवाह हुन थालेकाले पत्रपत्रिकाले खोजमुलक विषयबस्तुमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विमोचन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले, भौगोलिक विकटता रहेर पनि उत्साहरुपमा एउटा राष्ट्रिय पत्रिका फिल्को मिशन पत्रिका प्रकाशनको जर्मको गरेकोले सराहनीय भएको बताउनुभयो । समाज रुपान्तरणको लागि संचारक्षेत्रको विकास हुन आवश्यक रहेको उहाँको भनाई छ । सविधान र प्रचलित कानुनको कार्यान्वयन गराउँन संचारजगतको भूमिका महत्वपूर्ण रहेकोले संचारक्षेत्रको विकास हुन आवश्यक रहेको प्रजिअ पौडेलले बताउनुभयो ।

पत्रिका उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्र सत्य तथ्य निष्पक्ष रूपमा अगाडी बढ्नुपर्ने सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो । उहाँले पत्रिकाको माध्यमले समाजमा भएको समस्यालाई उजागर गरेर समाज रुपान्तरणमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

फिल्को मिशन साप्ताहिक पत्रिकाको नाम अनुसार काम गरोस् भनि शुभकामना दिदैं नेपाली काँग्रेस हुम्लाका पार्टी उपसभापति कैलाश भण्डारीले यथास्थितीबाट उन्मूख भएको क्षेत्रबाट माथि उठेर समाजको हरेक प्रकारको समस्याको पहिचान गरी उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका जिल्ला पार्टी सचिव तिर्थराज बोहराले हुम्ली जनताको आवजको निम्ती, विकास र समृद्धिका लागि कुनै पनि विभेद नगरि निस्पक्षरुपमा समाचारका सामग्री ल्याउने काम गर्न फिल्को मिशन साप्ताहिक पत्रिकालाई सफलताको शुभकामना दिनभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले जनपक्षिय पत्रकारीता गर्न सुझाव दिनुभयो । उहाँले पत्रिका प्रकाशनमा निरन्तरता दिनु पर्ने र नाफामुलक भन्दा पनि पेशागत तर्फ लाग्न आग्रह गर्नु भयो ।

प्रकाशक तथा प्रधान सम्पादक अर्जुन बोहराले ग्रामिण क्षेत्रका ओझेलमा परेका विषयबस्तुलाई प्राथमिकता दिएर पत्रिका प्रकाशन गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमको सञ्चालन फिल्कोमिशन साप्ताहिकका सम्पादक दाने बोहराले गर्नुभएको थियो ।

फिल्को मिसन साप्ताहिक पत्रिका उद्घाटनमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरी नायब उपरिक्षक शंकरसिह धामी, राष्ट्रिय अनुसन्धानका नायब उपरिक्षक सत्यबहादुर रावत, पत्रकार महाँसंघ जिल्ला शाखाका सचिव नन्द सिंह र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तिलक भट्टराईलगायत अन्य कार्यालयका कार्यालय प्रमुख र पत्रकारहरुलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?