राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दलको संख्या ११ पुगिसक्यो : कांग्रेस प्रवक्ता महत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जित्नेमा द्विमत नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार ७ दलीय गठबन्धनले काठमाडौंमा आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रदेशमात्रै रहेका २ दलसहित अहिलेसम्म राष्ट्रपतिका उम्मेदवार पौडेललाई समर्थन गर्ने दलहरुको संख्या ११ पुगिसकेको बताउनु भयो । उहाँले अहिलेको परिस्थितिलाई बुझ्ने उपयुक्त पात्र पौडेल मात्रै भएको भन्दै समर्थन अझै बढ्ने सम्भवना ठूलो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट हाम्रो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । उहाँका लागि अहिलेसम्म ११ दलहरुले नै समर्थन गर्नुहुने भएको छ । अरु दलहरुबाट पनि समर्थन प्राप्त हुनसक्छ । किनभने अहिलेको लागि उपयुक्त पात्र हो । लोकतन्त्रको लागि लामो संघर्ष गरेको व्यक्तित्व हुनुहुन्छ, साथै संविधान रक्षाको लागि महत्वपूर्ण व्यक्ति हुनुहुन्छ । समर्थन अझै बढ्ने सम्भवना छ । एमालेको पनि हाम्रो उम्मेदवारलाई समर्थन भए झनै राम्रो हो । धेरै ठूलो समर्थन रामचन्द्र पौडेलजीले प्राप्त गर्दै हुनुहुन्छ । अहिलेको आवश्यक्ताको पूर्ति उहाँले गर्न सक्नुहुन्छ भन्नेमा नै समर्थन प्राप्त भइरहेको छ । प्रदेशमा मात्रै सहभागी दलहरुको समर्थन थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जित्नेमा द्विमत नै छैन ।’

अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिवद्धता जनाउनुभएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?