लोयल्टी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक लोयल्टी ‘ए’ ११औँ लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई छ-शून्य गोलले सहजै पराजित गर्‍यो । लोयल्टीका साहिल राईले दुई तथा शितल तामाङ, वसन्त राउत, अश्विन थापा र येसुब खनालले एक-एक गोल गर्नुभयो । टाइमलाइनका सिर्जन तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विद्या संस्कारले काष्ठमण्डपलाई टाइब्रेकरमा चार-तीन गोलले हरायो । निर्धारित समयको खेल दुई-दुईको बराबरीमा सकिएको थियो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ चुनिनुभयो ।

लिटिल एन्जल्सले ज्ञानोदयलाई सडन डेथमा छ-पाँचले पाखा लगायो । निर्धारित समयको खेल दुई-दुईको बराबरीमा टुंगिएको थियो । ज्ञानोदयका उमंग डंगोल ‘म्यान अफ द म्याच’ बन्नुभयो । त्रिज्योतिले काठमाडौं भ्यालीमाथि सात-एकको सहज जित दर्ता गर्‍यो ।

त्रिज्योतिका आयुश बस्नेत र जेनिथ सुवेदीले हृयाट्रिक गर्नुभयो । नवाङ फिन्जु लामाले एक गोल थप्नुभयो । काठमाडौं भ्यालीका ओसिसजंग केसीले सान्त्वना गोल गर्नुभयो । ओसिस नै ‘म्यान अफ द म्याच’ हुनुहुन्छ । सेमिफाइनलमा लिटिल एन्जल्सको भेट ज्ञानोदयसँग हुनेछ भने लोयल्टीले त्रिज्योतिको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?