सभापोखरी हाइड्रोपावरले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सभापोखरी हाइड्रोपावरले सेयर जारी गर्ने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबिबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ ।

संखुवासभाको सभापोखरी गाउँपालिकामा लंखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गर्दै आएको पाँच मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?