युएचएस होल्डिङको हेफेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्टेरियरसम्बन्धी सेवामा अग्रणी कम्पनी युएचएस होल्डिङ हेफेल डिजाइन स्टुडियोले नेपालमा पनि सेवा सुरु गरेको छ । बिहीबार काठमाडौंकोे गैरीधारास्थित हेफेल शोरुममा आयोजित एक कार्यक्रमबीच हेफेल दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले संयुक्त उद्घाटन गर्नुभएको होे ।

हेफेलको नेपालस्थित फ्रेन्चाइजका रूपमा रहेको नयाँ डिजाइन स्टुडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिङ, फर्निचर फिटिङ, डिजिटल सेक्युरिटी लाइटिङ, किचेन फिटिङलगायत अन्य उत्पादन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलतायुक्त उत्पादनले विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टेरियर डिजाइनरलाई अभिप्रेरित गरेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम न्यौपानेले भन्नुभयो, ‘हामी हेफेलजस्तो इन्टेरियर सेवाका लागि अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त ब्राण्डसँग आबद्ध हुन पाउँदा हर्षित एवं गौरवान्वित छौँ, नयाँ हेफेलले डिजाइन स्टुडियो ग्राहकलाई नवीनतम उत्पादन प्रदान गर्दै उनीहरूको जीवनशैलीलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत गर्नेछ । युएचएस होल्डिङले बाथरुम, सिलिङ र रेलिङ फर्निचरलगायतका इन्टेरियरसम्बन्धी उत्पादन उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?