एलए र लोयल्टी फाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिटिल एञ्जल्स (एलए) र आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।

मण्डिखटारस्थित आयोजक लोयल्टीको मैदानमा एलएले विद्या संस्कारलाई १-० गोलले पराजित गर्‍यो । एलएका अमृत बानियाँले निर्णायक गोल गर्नुभयो । विद्या संस्कारका सुवास तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

लोयल्टीले त्रिज्योतिलाई ३-० गोलले हरायो । लोयल्टीका साहिल राई र रोसिश अधिकारीले समान १-१ गोल गर्नुभयोे । एक गोल आत्माघाती थियो । त्रिज्योतिका कृष्चल यमयम ‘म्यान अफ द म्याच’ चुनिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?