काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । गायक ताम्राकारको त्रिवि शिक्षण (टिचिङ) अस्पताल (महाराजगञ्ज) मा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।
दुई/तीन हप्तादेखि बिरामी ताम्राकारलाई केही समय अल्का अस्पतालमा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार उहाँ कलेजो, मिर्गौलालगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो । गायक ताम्राकारका ‘आखिर’, ‘प्रेमपत्र’ लगायत एल्बम सार्वजनिक छन् । उहाँका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौंँ गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् ।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल घर हुनुभएका ताम्राकार काठमाडौंको सिनामंगलमा परिवारसहित बस्दै आउनुभएको थियो । उहाँका श्रीमती र दुई छोरी हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका