कविता : साँगुरियौँ कठै हामी !

हिमालय टाइम्स
Read Time = 1 min

✍️ पदम दाहाल

ओल्लो घर पल्लो घर छैन चिनाजानी
बोलचाल छैन कतै कस्तो जिन्दगानी ।१।

अटाएन पहिचान कोही प्रिय छैन
छिमेकी रे चिनिँदैन भेटघाट छैन ।।२।

सहरको बस्ती राम्रो भन्दै आयौँ हामी
भिडमभिड जता पनि चोकैचोक दामी ।३।

सहयोग गर्ने बानी साथी साथ छैन
पँधेरो न खेतीबाली जाऊँ कतै छैन ।४।

ओल्लो कोठा पल्लो साँध बोली बात छैन
साँगुरियौँ कठै हामी मानवता छैन ।५।

ठिँगुरिए जस्तो मान्छे ओइलाएझैँ किन ?
एकल्काँटे भयो मान्छे सग्लिएन किन ? ।६।

सहर पस्ने रहरले फक्रिएन गाउँ
भरिएन रित्तो मान्छे खाली जता जाऊँ ।७।

मादी, सङ्खुवासभा
हाल : लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?