संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलन काठमाडौंमा सुरु भएको छ ।

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्नेलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गर्नुभएकाे हाे ।

वानेश्वरमा भइरहेको आन्दोलनमा बिभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गर्नेछन ।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?