फेवातालमा डुबेका ६ जनाको उद्धार, एक जना बेहोस

हिमालय टाइम्स
Read Time = 1 min

गण्डकी । पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले ५ जनाको सकुशल उद्धार गरिएको बताउनु भयो । उहाँका अनुसार एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ ।

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो । डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?