बाछिटाका छ पुस्तक लोकार्पण

Read Time = 3 mins

काठमाडौं । साहित्यको नवीनतम् उपविधा बाछिटाका ६ वटा पुस्तकहरू एकै मञ्चबाट लोकार्पण भएका छन् । ६ जना साहित्यकारहरूद्वारा लेखिएका बाछिटाहरूका संग्रहका रूपमा प्रकाशित पुस्तकहरूको प्रकाशन कौशिकी साहित्य प्रतिष्ठान गरेको छ । प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच लोकार्पण भएका कृतिहरूमा कलानिधि दाहालको ‘अस्तित्व’, खगेन्द्र बस्यालको ‘अखण्ड’, कमला महतको ‘अनन्त’, भवानी पाण्डेको ‘अक्षुण्ण’ सुधा बास्कोटा ढकालको ‘अस्मिता’ र नानीमाया सुनुवारको ‘अजस्र’ रहेका छन् ।

कौशिकी साहित्य प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहनु भएको थियो भने रामनाथ घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । विशिष्ट अतिथि डा.मधुसूदन गिरी रहनु भएको उक्त कार्यक्रमा गणेश राईले स्वगत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले आफूले आफ्नो कार्यकालमा केही गर्न नसके पनि नराम्रो काम चाहिँ नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा सबैको प्रज्ञा प्रतिष्ठान भन्ने अभियान चलाएर प्रतिष्ठानलाई उन्नत चेतना र ज्ञानको अभ्यास गर्ने थलो बनाउने विश्वास दिलाउनुभयो ।

प्रकाशित कृतिहरूमाथि डा.कौशिला रिसालले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा पुस्तकका लेखकहरूले आ–आफ्ना पुस्तकमा रहेका केही बाछिटाहरूको वाचनसमेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा साहित्यकार कलानिधि दाहालले लेखकहरूले विधाकेन्द्रित भएर लेख्न सकेमात्र सफल बन्न सकिन्छ भन्नुभयो भने बाछिटाका प्रवर्तक साहित्यकार अमर त्यागीले पनि बाछिटाका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको अन्त्यमा सभापति चेतनाथ धमलाले बाछिटासम्बन्धी आफ्नो धारणा राख्दै सभाको समापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?