आइएमएफले पाँच करोड २० लाख डलर दिने

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपाललाई पाँच करोड २० लाख डलर सहयोग प्रदान गर्ने सहमति जनाएको छ । विस्तारित कर्जा सुविधामार्फत् आइएमएफले प्रदान गर्ने उक्त सहयोग सञ्चालक समितिको सहमतिपछि कार्यान्वयन हुनेछ । जारक्को ट्रुनेनको नेतृत्वमा आइएमएफ टोली नेपाल भ्रमणमा आएको थियो ।

टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना विभागका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत राष्ट्र बैंकका उच्चपदस्थ कर्मचारी, विकास योजनाका साझेदारसँग भेटवार्ता गरेको थियो । सोही भेटवार्तामा आइएमएफका कर्मचारी र नेपालका उच्चपदस्थ कर्मचारीले पाँच करोड २० लाख डलर बराबरको सहयोगका लागि कर्मचारी तहको सहमति जुटेको हो ।

कोरोना महामारीका कारण शिथिल अवस्थामा पुगेको नेपालको अर्थतन्त्र रुस–युक्रेन युद्धले थप गरेका समस्याको सिर्जनशील उपायको खोजी आइएमएफको विस्तारित कर्जा सुविधामार्फत् आर्थिक गतिविधिमा निरन्तर सुधार गरेको जारक्को ट्रुनेनले बताउनुभएको थियो । नेपाली अधिकारीले देशको समष्टिगत आर्थिक अवस्था सुधारका लागि सही समयमा सही निर्णय लिन सकेको उहाँको भनाइ थियो ।

राष्ट्र बैंकले इजी मनि फर्मेसन बन्द गर्न र मुद्रास्फीति नियन्त्रणका लागि अपनाएको संकुचित मौद्रिक नीतिको सराहनासमेत उहाँले गर्नुभएको थियो । साथै कोरोना संक्रमण नियन्त्रणमा सरकारले यसअघिका आर्थिक वर्षमा छुट्याउने रकम कटौती गर्नाले पनि सो रकम अन्य उत्पादक क्षेत्रमा लगानी गर्न सक्ने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?