थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन

Read Time = 1 min

काठमाडौं । थारु चलचित्र निर्माता तथा कलाकार परशुराम चौधरीको निधन भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिनाअघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रबार ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको हो ।

अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको जनाएको छ । कमैया नामक डकुमेन्ट्रीमा उहाँले प्रमुख पात्रको भूमिका निर्वाह गर्नुभएको थियो ।

चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए । अन्तर्राष्ट्रिय करातेका खेलाडीसमेत रहनुभएका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आउनुभएको थियो ।

धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा चौधरी २०११ मा युरोप जानुभएको थियो । केही वर्ष बेल्जियममा बस्नुभएका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आउनुभएको थियो। चौधरीकी आमा, पत्नी र तीन छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?