इङवा हाइड्रोपावरको आइपीओ निष्काशन

Read Time = 3 mins

काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आइपीओ निष्काशन गरेको हो ।

पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ ।

उक्त आइपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।

यता वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ  । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?