तीन करोड लागतमा पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका – ७ मा रहेको ग्रामीण पोखरी गाउँमा करिब तीन करोड लागतमा सौर्य ऊर्जाबाट विद्युत् सेवा संचालनमा आएको छ ।

शनिबार उज्योलो पोखरी गाउँ घोषण आयोजित कार्यक्रमको सम्उद्धाटन गर्दे कर्णाली प्रदेश सरकारका पुर्व आन्तरिक तथा मामिला कानुन मन्त्री नरेश भणडरीले भन्नुभयो,“विद्युत् सेवाबाट बञ्चित भएका गाउँमा सहज रुपमा बिजुली उत्पादन भएको छ । यसलाई दीर्घकालिन रुपमा सदुयोग गर्ने स्थानीय सरकारले विशेष कामगरि । अब प्रत्येकको घरमा दाउराबाट होइन विद्युतीय चुलीबाट खाना पकाउन चाहिने स्रोत साधनको व्यवस्थापन गर्ने स्थानीय सरकारको काम भएको कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री भण्डारीको भनाइ छ । ”

स्थानीय सरकारको समन्वय र मेरो पहलमा ५० किलोवाट क्षमताको पोखरी गाउँकमा सौर्य ऊर्जाबाट विद्युत सेवा संचालनमा आएको पुर्व कानुन मन्त्री भण्डारीले बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली बनेपछि स्थानीयवासि हर्षित भएका छन् । वैकल्पिक केन्द्रको ३ करोड १ लाख ८८ हजार र पालिकाको ३० लाख रूपैयाँ साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य थिए, अब बिजुली आएपछि सबै खुसी भएको पोखरी सौर्य उर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताउनुभयो । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु¥याइएको छ । सबै गरेर १२० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । ५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन ।

गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउाँका स्थानीयवासि बताउँछन् । उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि संचालनमा आउन सहज हुने पोखरीवासि बताउँछन् । बिजुली बालेपछि स्थानीयवासिको मुहारमा खुसीको रंग पोखिएको छ । धूलो र धूवाँका कारण स्थानीय दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेको ठाउँमा बिजुली बल्दा खुसीको सिमा नाघेकोवासि धिरज रोकायाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?