पुलको निर्माण कार्य तत्काल अगाडी बढाउन मन्त्री किराँतीको निर्देशन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर र उदयपुरको सिमाना दुधकोशी नदी माथिको पुल निर्माण कार्यमा ढिलासुस्ती भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँती सहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

पुल निर्माण स्थलमा नै पुगेर मन्त्री किराँती सहितको टोलीले अवलोकन गरेको हो । असोज महिना मै म्याद सकिएको दुध कोशी माथिबाट उदयपुर मैनामनी र भोजपुर चुहार जोडने पुल निर्माणमा ढिलासुस्ती भएपछि संस्कृति मन्त्री किराँती, प्रदेश सांसद विनोद वान्तवा, कोशी प्रदेशका प्रमुख इन्जिनियर र अन्य सरोकारवाला सहितको टोली पुल निर्माण स्थलमा पुगेको थियो ।

सोक्रममा संस्कृति मन्त्री किराँतीले तत्काल पुलको निर्माण कार्य सुरु गर्न सडक पुर्वाधार विभागलाई निर्देशन समेत दिनुभयो । पुलको निर्माण कार्य गराउने तर्फ आफनो ध्यान केन्द्रित रहेको र सरोकारवाला निकायहरुमा पहल गर्ने काम तिव्र बनाएको मन्त्री किराँतीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?