बैतडीमा सम्बन्ध विच्छेद र जबरजस्ती करणी घटनामा वृद्धि

सांकेतिक तस्बिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा सम्बन्ध विच्छेदका मुद्धाहरु बढेका छन् । चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा सम्बन्ध विच्छेदका २१ ओटा दर्ता भएका छन् ।

जिल्ला अदालत बैतडीका नायव सुब्बा वीरेन्द्र भुलका अनुसार चालुआर्थिक ८४ मुद्धा मध्ये २१ ओटा मुद्धा सम्बन्ध बिच्छेदका रहेका छन् । घरेलु हिसां बैदेशीक रोजगारीका कारण पछिल्लो समय सम्बन्ध बिच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत बैतडीका नायव सुब्बा भुलले बताउनुभयो । गत आर्थिक बर्षमा ३४ ओटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए ।

यस्तै जिल्लामा जबरजस्ती करणीका घटनामा समेत वृद्धि भएको पाइएको छ । चालुआर्थिक बर्षको फागुन २० गते सम्म १८ ओटा मुद्धा दर्ता भएका उहाँले जानकारी दिनुभयो । ज्यान सम्बन्धी कसुर सम्बन्धी १५, चौरीका ११ , सवारी ज्यान सम्बन्धी ४ लागु औषध सम्बन्धी ६, सार्वजनिक ठाउँहरुमा अभद्र व्यवहार गरेका ९, अंश बण्डा सम्बन्धी १२ ओटा मुद्धा दर्ता भएका छन् ।

यस्तै जिम्मेवारी सरेर आएका ५६ मध्ये ४८ तथा चालुआर्थिक बर्ष दर्ता भएका मध्ये ३६ गरी ८४ ओटा फस्र्याेट गरेको जिल्ला अदालत बैतडीले जनाएका छ । ५६ ओटा मुद्धा जिम्मेवारी सरी आएका थिए भने ८४ ओटा मुद्धा चालु आर्थिक बर्षको फागुन २० सम्म दर्ता भएका जिल्ला अदाल बैतडीका नायव सुब्बा वीरेन्द्र भुलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?