किरणको टोली आई लिग च्याम्पियन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलकिपर किरण चेम्जोङ सम्मिलित पञ्जाब एफसी भारतीय आई लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आई लिगको अन्तिम एक चरणको खेल बाँकी रहँदै पञ्जाब च्याम्पियन बनेको हो । पञ्जाबले शनिबार राजस्थान एफसीलाई ४-० ले पराजित गरेसँगै उपाधि पक्का गरेको हो ।

उक्त नतिजासँगै पञ्जाबले २१ खेलमा ४९ अंक बनाएको छ । जारी सिजनमा १५ खेल जितेको पञ्जाबले चार खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको छ । २० खेल खेलेको श्रीनिदीको ४१ अंक छ । आई लिग च्याम्पियन भएसँगै पञ्जाब इण्डियन सुपर लिगका लागिसमेत छनोट भएको छ ।

राजस्थानविरुद्ध पञ्जाबको जितमा लुका माजकेन, जुवान मेरा र हेमिनङथानमावाइले एक÷एक गोल गर्नुभयो । यश त्रिपाठीले १६औँ मिनेटमा आत्मघाती गोल गरेको खेलमा माजकेन ४१औँ, मेराले ७६औँ र इन्जुरी समयको पहिलो मिनेटमा हेमिनङथानमावाइले एक-एक गोल गर्नुभयो ।

प्रतियोगितामा पञ्जाबलाई उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहृयो । उहाँले लगातार उत्कृष्ट प्रदर्शन गर्नुभएपछि हरेक खेलको ९० मिनेट नै मैदानमा बिताउनुभएको थियो । टोलीलाई आई लिग च्याम्पियन बनाउन सफल भएकोमा किरणले खुसी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?